६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रलाई ३७६ मतको अग्रता



काठमाडौँ ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रले अग्रता कायम राखेको छ।

माओवादी केन्द्रकी नरपूरा बुढाले एक हजार ७६ मतसहित अग्रता कायम राखेकी छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार पुथाउत्तरगंगामा कांग्रेस एमाले गठबन्धनबाट केशकुमारी तुलाचनले सातसय मत ल्याएकी छन्।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी माओवादीकी भुपेन्द्रा बुढाको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।

प्रकाशित मिति : १७ मंसिर २०८१ सोमबार ००:००  १२ : १० बजे