२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

१५औं कपिलवस्तु महोत्सवमा भोलि राजेश हमाल आउँदै



मायादेवी अनलाइन, बाणगंगा ।

१५औं कपिलवस्तु महोत्सवमा नेपाली चलचित्रका महानायक राजेश हमाल आउँदै छन् । हमाल महोत्सवमा मंसिर २३ गते अर्थात आईतबार आउन लागेका हुन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले यस क्षेत्रमा स्थापना हुन लागेको कपडा तथा खाद्यान्न बैंकको उद्घाटन गर्नका लागि हमाल १५औं कपिलवस्तु महोत्सवमा आउन लागेको स्पष्ट पारे ।

उनका अनुसार महानायक हमालले कपडा तथा खाद्यान्न बैंकको उद्घाटन गर्नुका साथै महोत्सवमा आफ्नो प्रस्तुति समेत राख्ने छन् ।

उनले सो शुभकार्यमा सबै कपिलवस्तुवासीलाई सरिक हुनका लागि महोत्सवमा आई अवलोकन गर्न आह्वान समेत गरे ।

बुधबार आज उद्घाटन गरिएको यस महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब १० करोडको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा मंसिर १९ गतेदेखि सुरु भएको १५औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी पुष २ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१ शनिबार ००:००  ९ : २२ बजे