१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कपिलवस्तु महोत्सवमा आज चर्चित गायक शिव परियार आउने



मायादेवी अनलाइन, जितपुर ।

१५औं कपिलवस्तु महोत्सवको १३औं दिन आज (सोमबार) चर्चित आधुनिक गायक शिव परियार आउने भएका छन् । सोमबार शिवसंगै स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले जानकारी दिए ।
आईतबार रमेशराज भट्टाराई, लोकदोहोरी गायिका राधिका हमाल, गायक मिसन भुसाल, बालगायिका जिया भुसाल लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १ पुस २०८१ सोमबार ००:००  ८ : ११ बजे