७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कपिलवस्तुको शिवराजमा एक किशोरी मृत फेला



मायादेवी अनलाइन, खरेन्द्रपुर ।

कपिलवस्तुमा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको शिवराज नगरपालिका–६ गडगौडा खोलमा एक किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।

सोही वडा पैकिवण्डाका शालिकराम अहिरकी १५ वर्षीया छोरी शान्ति यादव खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पोस्टमर्टमपछि शव परिवारलाई बुझाइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ पुस २०८१ सोमबार ००:००  ८ : २४ बजे