६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री लेखक



पाल्पा ।

गृहमन्त्री रमेश लेखकले सरकार शान्ति सुरक्षा पूर्णरुपले कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ। लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा रहेको भन्दै सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो।

इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटन गर्नुहुँदै मन्त्री लेखकले शान्ति सुरक्षा भएन भने अन्य कुनै पनि सेवा प्रदान गर्न नसकिने बताउनुभयो।

“लोकतन्त्रको पूर्ण सुनिश्चितताको पूर्ण शर्त शान्ति सुरक्षा हो। यदि देशमा शान्ति सुरक्षा र विधिको शासन भएन भने कुनै पनि सेवा दिन सकिँदैन। यो सरकार मुलुकमा शान्ति सुरक्षालाई पूर्ण रुपले कायम गर्ने कुरामा प्रतिबद्ध छ”, उहाँले भन्नुभयो।

सरकारले उद्योग धन्दा, व्यवसाय, नागरिकलाई दिने सेवा सबै कुराको लागि पूर्ण रुपले शान्ति सुरक्षा प्रदान गर्दै आएको बताउनुभयो। देशमा भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नका लागि दुई ठूला दल मिलेर सरकार बनाएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “यो देशमा जतिसुकै ठूला मान्छे किन नहोस् यदि अपराध गरेको छ भने कानुन बमोजिम अनुसन्धान हुन्छ। न्यायिक प्रक्रियामा जानु पर्छ।”

नगरिकलाई सहज र सरल रुपले सेवा प्रदान गर्नका लागि सरकार लागिरहेको बताउनुभयो।

प्रकाशित मिति : ३ पुस २०८१ बुधबार ००:००  ७ : ५३ बजे