६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

नेपालले आज बंगलादेशसँग खेल्ने



काठमाडौं ।

मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले आज बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ।

भारत र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ। तीन खेलबाट चार अंक जोडेको छ। तीन खेलमा समान चार अंक भएको बं्रगलादेशले पनि तीन खेल खेलेको छ। आज बंगलादेशलाई पराजित गरे नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ।

जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ। पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन्।

आजको खेलमा पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ। समूह चरणमा भारतसँग अंक बाडेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति : ५ पुस २०८१ शुक्रबार ००:००  ७ : २८ बजे