२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

आजको मौसमः कोशीमा हल्का वर्षा र हिमपातको सम्भावना



काठमाडौं ।

कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही शनिबार एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

कोशी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।

यद्यपि बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०८१ शनिबार ००:००  ७ : २८ बजे