१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

तराईका धेरै स्थानमा हुस्सु र कुहिरो



काठमाडौं ।

पश्चिमी वायुको सामान्य प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको लागेको छ।

दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। राति हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली रहने सम्भावना छ।

हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सावधनी अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २० पुस २०८१ शनिबार ००:००  ७ : ३५ बजे