७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

यस्तो रहनेछ आजको मौसम



काठमाडौं ।

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हुस्सु-कुहिरो तथा हिमपातका कारण जनजीवनमा पर्नसक्ने असरप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित मिति : २४ पुस २०८१ बुधबार ००:००  ७ : ३१ बजे