७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको जनाएको छ ।

माघे सङ्क्रान्ति तथा माघी पर्वलाई मध्यनजर गर्दै आज प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा माघ २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ माघ २०८१ बुधबार ००:००  १० : २२ बजे