२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिँदै ट्रम्प



वासिङ्टन डिसी ।

सन् १९८० को कुरा हो । ३४ वर्षीय डोनाल्ड ट्रम्प एक अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै थिए । यसै क्रममा उनलाई सोधिन्छ– राजनीतिको बारेमा के सोच्नुहुन्छ रु ट्रम्पले जवाफ दिए, ‘राजनीतिक जीवन क्रूर छ, सबैभन्दा सक्षम व्यक्तिहरूले व्यापार चलाउँछन्।’
सन् १९८० को ४५ वर्षपछि उनै ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका हुन् । उनले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन्। यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ। उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन्।

शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ । यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए । ट्रम्पको लागि कसले प्रस्तुति दिनेछ भन्ने स्पष्ट छैन ।

प्रकाशित मिति : ७ माघ २०८१ सोमबार ००:००  ८ : ४५ बजे