१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

आशिका तामाङ २० हजार धरौटीमा रिहा



काठमाडौँ ।

अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङ २० हजार धरौटीमा रिहा भएकी छिन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले आशिकालाई २० हजार धरौटीमा रिहा गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १० हजार धरौटीमा छाडेको थियो। त्यस लगत्तै उनलाई प्रहरीले पक्राउ गरी भक्तपुर लगेको थियो। उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : १८ माघ २०८१ शुक्रबार ००:००  ६ : ११ बजे