७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी



बाँके ।
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन्।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गरेका हुन्।

पूर्व सचेतक निमा गिरीले दिएको राजीनामा स्वीकृत गर्दै संसदीय दलले श्रेष्ठलाई नयाँ सचेतकको जिम्मेवारी दिएको हो। श्रेष्ठलाई सचेतक बनाएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलको भूमिका अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २५ माघ २०८१ शुक्रबार ००:००  १० : ३१ बजे