७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आज अन्तर्राष्ट्रिय दाल दिवस



काठमाडौं ।

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ।

पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ। दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको उत्पादन बढाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१८ देखि दाल दिवस मनाउन प्रारम्भ भएको हो। खाद्य प्रणालीमा विविधता कायम गर्न दाल दिवस उपयोगी हुने राष्ट्रंघको बुझाइ छ।

यसैगरी, अरबी चितुवा दिवस पनि आजै परेको छ। अरबी चितुवाका बारेमा चेतना जागृत गर्न संयुक्त राष्ट्रसङ्घको महासभाले फेब्रुअरी १० लाई अन्तरराष्ट्रिय अरबी चितुवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो।

लोपोन्मुख यो वन्यजन्तु र यसको वासस्थानको संरक्षणका साथै जैविक विविधता जोगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति : २८ माघ २०८१ सोमबार ००:००  ८ : ४२ बजे