७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

गुल्मीमा आगो ताप्दा जलेर एक वृद्धको मृत्यु



गुल्मी।

गुल्मीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धको मृत्यु भएको छ। यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लाका ८० वर्षीय ईन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मङ्गलबार राती करिब ९ः३० बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो।

घटनाबारे थप अनुसन्धान भई रहेको जनाएको छ । अविवाहित रहेका मृतक गिरीको परिवारमा भाई मात्र रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : ३० माघ २०८१ बुधबार ००:००  ७ : ५२ बजे