७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

ब्यावहारिक ज्ञान र सीपका लागि खाना महोत्सव



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय बुङचीमा विद्यालय खाना महोत्सव गरिएको छ । विद्यार्थीहरूलाई पढाईसँगै ब्यावहारिक ज्ञान र सीप बढाउन खाना महोत्सव गरिएको प्रध्यानाध्यापक दल बहादुर थापा इश्वरले बताए

घरमा आफ्ना आमा बुवालाई समेत सघाउने गरी पाक शिक्षा तर्फ समेत अग्रसर रहन यो कार्यक्रमले भूमिका खेल्ने उनको विश्वास छ ।
पढाइसँगै अतिरिक्त क्रियाकलाप अन्तर्गत खाना महोत्सव गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए ।

साथै विद्यालय खाना महोत्सवको अवलोकन गर्दै बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जिसिले बिद्यालयमा हुने यस्ता क्रियाकलापले बिद्यार्थीको जीवनमा ब्यवहारिक ज्ञानलाइ बृद्धि गर्ने बताउदैँ समय सापेक्ष यी र यस्ता गतिविधिको आयोजना गर्न आवश्यक रहेको बताए । महोत्सवमा विद्यार्थीले विभिन्न खानाका परिकार बनाई प्रर्दशन गरेका थिए।

बिद्यार्थीहरूले आवश्यक पर्ने भाडाकुडा, सामाग्रीहरू समेत आफै व्यवस्थापन गरेका थिए। समुह मिलेर बिभिन्न परिकारहरू पकाएर अतिथि, विद्यालयका शिक्षकहरूलाई परिकारका स्वाद समेत चखाएका थिए ।

बिद्यालयमा दल बहादर थापाले प्रध्यानाध्यापकको जिम्मेवारी सम्हालेपछि अतिरिक्त क्रियाकलापदेखि शैक्षिक गुणस्तरीयतामा बिद्यालय अब्बल बन्दै गएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ८ : ५१ बजे