७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता



कालीकोट ।

माछा मार्न गएका एक युवा तिला नदीमा बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीय भोजनबहादुर शाही तिला नदीमा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

बिहान माछा मार्न भनेर गाउँ नजिकैको खिमखानी भन्ने ठाउँमा गएका शाही बेपत्ता भएको खबर पाएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१ शनिबार ००:००  ७ : ४९ बजे