१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

ढुङ्गाले लागेर गुल्मीमा विद्यालय जाँदै गरेकी ८ वर्षीया बालिकाकाे ज्यान गयाे



काठमाण्डाै ।

गुल्मीमा विद्यालय जाँदै गरेकी एक बालिकाको माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान गएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–२ छल्दीटारकी ८ वर्षीया बालिका विष्णु कुमालको ज्यान गएको गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

बाटो विस्तारका लागि डोजरले डाँडा खनिरहेको समयमा ढुङ्गा सडकमा खसेको र घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१ आइतबार ००:००  ३ : १८ बजे