१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अध्यादेश कुनै हालतमा पास हुन दिँदैनौँः प्रचण्ड



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइका सरकारले ल्याएको अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्। अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै केही अध्यादेश कुनै हालतमा पास नहुने बताएका छन्।

नेपालगञ्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई तिहाइको अहंकार गर्ने सरकारले सदन खुल्नुअघि नै अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। तर, सरकार अनेक हत्कण्डा अपनाएर पास गर्न लागिपरेको उनले बताए।

अध्यक्ष प्रचण्डले अध्यादेश पास गराउन करोडौँको चलखेल हुन थालेको आफूले सुनेको बताए। ‘अध्यादेश त पास हुने स्थिति मैले देखेको छैन। राष्ट्रियसभामा जसरी गएको छ त्यो हेर्दा पास हुने स्थिति छैन’, उनले भने, ‘ अनेक हत्कण्डा अपनाएर पास गरेको भन्ने सुनिन्छ। करोडौँको चलखेल हुन थालेको छ भन्ने कुरा पनि आएको छ। तर जे जे भए पनि अध्यादेश पास हुने स्थिति छैन। केही अध्यादेश त पास हुँदैनन् नै।’

प्रकाशित मिति : २० फाल्गुन २०८१ मंगलबार ००:००  ३ : ५६ बजे