१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

कपिलवस्तु–११ सैनामैना गोल्डकपको फाइनलमा



बुटवल ।

कपिलवस्तु–११ सैनामैनाको मुर्गियामा जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मुर्गिया फुटबल क्लबको आयोजनामा सोमबार मुर्गिया रङ्गशालामा भएको सेमीफाइनल खेलमा कपिलवस्त महावीर क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हरायो ।

पहिलो र दोश्रो हाफ बराबरी खेलका दुवै टिम अन्ततः पेनाल्टी सुटआउटमा पुगेका थिए । खेलको म्यान अफ दि म्याच कपिलवस्तुका निमबहादुर मिदुङ हुनुभयो ।

फाइनलमा कपिलवस्तुले बुधबार अभिषेक चर्च रजहर नवलपुरसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१ सोमबार ००:००  ७ : २२ बजे