६ असार २०८३, शनिबार | Sat Jun 20 2026

ज्ञानोदय बहुमुखी क्याम्पसमा अनेरास्ववियु विजयी



बाँके।

बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी हुनुभएको छ।

अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ।

यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी हुनुभएको छ।

अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गर्नुभयो। निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७ मत खसेको थियो।

प्रकाशित मिति : ४ चैत्र २०८१ मंगलबार ००:००  ७ : ०४ बजे