६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नारायणीमा बेपत्ता दुई बालकको शव फेला



नवलपुर ।

नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ। वैशाख २ गते मंगलबारदेखि नदीमा डुबेर दुई जना बेपत्ता भएकोका थिए। बिहीबार दुवै जनाको शव फेला परेको हो।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल रहेको नवलपुर प्रहरीले जनाएको छ। उहाँहरू दाजुभाईका छोरा हुनुहुन्छ।

प्रज्वलको शव हिजो फेला परे थियो भने विजय पौडेल शव आज फेला परेको नवलपुर प्रहरीले जनाएको छ। आज फेला परेका विजयको शब घटनास्थलदेखि ३ किलोमिटर पश्चिम तर्फ नारायणी नदीमा फेला परेको हो।

पाँच जना साथीसँग नारायणी तथा अरुणखोलाको संगमस्थल उल्टी दोभानमा नयाँ वर्षको अवासर पारेर ड्राइ पिकनिक खान गएका उहाँहरु नारायणी नदीमा पौडी खेल्न जानु भएको थियो। दुबैको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२ बिहिबार ००:००  ७ : ३४ बजे