२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

ग्लोबल आइएमई बैंक चारनम्बर शाखामा सेवाग्राहीलाई सास्ती



मायादेवी अनलाइन, चारनम्बर ।

बैंकिङ क्षेत्रमा आफूलाई अब्बल दाबी गर्ने ग्लोबल आइएमई बैंक चारनम्बर जितपुर शाखामा सेवाग्राहीले सास्ती खेप्न बाध्य छन् ।

बैंकमा आफूले बचत गरेको रकम निकाल्न र बचत जम्मा गर्न जाने जो कोही सेवाग्राही घण्टौ लाइनमा बसेर सेवा लिन बाध्य भएका हुन।

बैंकको नगद जम्मा, भुक्तानी र रेमिट्यान्स शाखामा कर्मचारी देखिएपनि छिटो र छरितो सेवा दिन आनाकानी गर्दै आएका छन् ।

सेवाग्राही घण्टौ लाइनमा बसेर सेवा लिन खोज्दा सहज सेवा दिनुपर्छ भन्ने सोच कर्मचारीमा पाइएन,ु बिहीबार बैंकका पुगेकी एक जना सेवाग्राहीले मायादेवीसङ्ग भनिन् ।ु

बैंकमा सहज सेवा दिनुपर्छ भनेर नम्र बोल्दा कर्मचारी झर्किए उनले सुनाइन् ।

बैंकमा टोकन सिस्टम समेत छैन । टोकन सिस्टम नहुँदा बैंक पुग्ने वृद्धवृद्धा, गर्वभती महिना, अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्न बाध्य छन् ।

कर्मचारी देखिएपनि कामकाजी नहुँदा सेवाग्राहीले अर्को सास्ती खेपिरहन बाध्य भएको बैंकमा लामो समय कोरोबार गर्दै आएका एकजना व्यवसायीले बताए । बैंकका कर्मचारीसङ्ग राम्रो सम्बन्ध हुने भन्दा बाहेकले बैँकिङ सेवा लिदा घण्टौ बिताउनुपर्ने बाध्यता रहेको ती व्यापारीले सुनाए ।

बैंकका शाखा प्रमुखसङ्ग यस बिषयमा थप बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २६ बैशाख २०८२ शुक्रबार ००:००  ११ : २५ बजे