मायादेवी अनलाइन, तौलिहवा ।
२५६९औं बुद्धजयन्ती कपिलवस्तुमा भब्य रुपमा मनाइने भएको छ । दिवसको पूर्वसन्धयामा विभिन्न कार्यक्रमहरु घोषणा गरिएको छ । बिहिबार २५६९औं बुद्धजयन्ती मूल समारोह समितीले पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रम घोषणा गरेको हो । बुद्धजयन्तीको अवसरमा शुक्रबार देखी बैशाख ३० गतेसम्मनै विभिन्न गरिने समितीका संयोजक गोपीकृष्ण शर्माले बुद्धको क्रिडास्थल सहित जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिने बताउनुभयो ।
जस अनुसार बैशाख २७ गते बृहत रक्तदान कार्यक्रम, २८ गते बुद्धको झाकी प्रर्दशन, २९ गते शान्ति ध्यान पद यात्रा गरिने छ भने ३० गते बिहान ८ बजे मोटरसाइकल तथा गाडीहरुको र्याली सहित लुम्बिनी जाने र लुम्बिनी विकासकोषले हस्तान्त्रण गरेको बुद्धको प्रतिमा ल्याउने र बाजागाजासहित शिशु बुद्धलाई भित्राइने शर्माले बताउनुभयो । कार्यक्रममा सहभागी हुन शर्माले सबै स्थानीयलाई आग्रह गर्नुभयो ।
शर्माले भन्नुभयो, कपिलवस्तुमा केहि भएन लुम्बिनी विकास कोषले केहि गरेन भनेर चर्चा गर्नुभन्दा यो बुद्धजयन्तीलाई भब्यरुपमा मनाऔं, यहा स्थानियको उपस्थितीले आगामी दिनमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई कपिलवस्तुमै बुद्धजयन्ती बनाउनुपर्ने बाध्यकारी परिस्थिती सिर्जना गर्नुपर्ने बताउनुभयो ।







प्रतिक्रिया