६ असार २०८३, शनिबार | Sat Jun 20 2026

नेपालमै पहिलो पटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया



काठमाण्डौ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलो पटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।

जनकपुरका २५ वर्षीया एक पारलैङ्गिक (ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अङ्गको पुनर्निर्माण गरिएको हो ।

अस्पतालको प्लास्टिक सर्जरी विभागले यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजना गरेको विभिन्न प्रकारका शल्यक्रियामा लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया पनि गरेको हो ।

अस्पतालका प्रवक्ता तथा सह प्रा। डा। गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले अहिले नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ । पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न यो एक महत्त्वपूर्ण उपाय हुनेछ ।’

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा। एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा। डा। जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो ।

डा.जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा जेन्डर अफर्मिङ क्लनिक स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२ सोमबार ००:००  ७ : ५६ बजे