६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बागलुङको दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध



बागलुङ ।
बागलुङ नगरपालिका १० दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको वर्षापछि आएको पहिरोका कारण दब्ल्याङमा सडक बगाएको हो।

करिडोर अवरुद्ध हुँदा बागलुङको सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिण क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले बताए। करिडोर हुँदै लामो दूरीका लागि छुटेका सवारी समेत पहिरोको आसपासमा रोकिएका छन् ।

कालोपत्रको काम चलिरहेको बागलुङ–बलेवा विमानस्थल खण्डमा ठाउँठाउँमा पहिरोले करिडोर क्षतविच्छेद बनाएको छ। कालोपत्रको काम गरिरहेको बिडारी निर्माण सेवाले पहिरो पन्छाउने र पहिरोले बगाएका संरचना पुनर्निर्माणको काम गरिरहेको भए पनि सडक खुल्न केही समय लाग्ने विकले जानकारी दिए।

प्रकाशित मिति : ६ असार २०८२ शुक्रबार ००:००  ८ : ४६ बजे