दिपा महत, तौलिहवा ।
कपिलवस्तु प्रहरीले जेठ महिनामा मात्रै विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पछिल्लो एक महिनामा विभिन्न आपराधिक घटनामा संलग्न ७० फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तथा अन्तर्गतका प्रहरी एकाइहरुबाट प्रहरी परिचालन गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहन मणि अधिकारीले बताए ।
पक्राउ परेका ७० जनाबाट ३२ लाख ७८ हजार ४ सय ३५ रुपैया जरिवाना असुल गरिएको छ भने २१ वर्ष ३ महिना २३ दिन कैद भुक्तान गरिएको प्रवक्ता अधिकारीले बताए ।
एक वर्षमा ७ सय १४ प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फरार प्रतिवादी पक्राउ गर्ने अभियान तीव्र पारेको छ । कपिलवस्तुमा पक्राउ परेका फरार प्रतिवादीको तथ्यांकले पनि उक्त कुराको पुष्टी गर्दछ । आर्थिक वर्ष २०८१। ८२ मा मात्र कपिलवस्तु प्रहरीले ७ सय १४ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ परेमा मध्येबाट ४ सय ५४ वर्ष सात महिना १९ दिन कैद भुक्तान गरिएको छ भने ८३ लाख १३ हजार ३ सय ८ज्ञ रुपैया जरिवाना असुल गरिएको प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीले बताए ।












प्रतिक्रिया