१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

शितगंगा ११ ‘जनताका सरकार’



कपिलवस्तु ।

कतिपय वडाका प्रमुख तथा प्रतिनिधि जनताबाटै आलोचित भइरहँदा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले भने प्रशंसा बटुलिरहेका छन् ।

“पहिले खानेपानी थिएन, घण्टौँ समय निकाले पानीको जोहो गर्नु पर्दथ्यो । बत्ती थिएन, टुकी बाल्थ्यौँ । पहिले पैदल हिँडेर वडा कार्यालयसम्म पुग्दा एक हजारदेखि एक हजार २ सयसम्म एकतर्फको बाटो खर्च लग्थ्यो ।” अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–११ का रुक बहादुर घर्ती मगर भने , उनले थपे –“म २०६० सालदेखि वडा नम्बर–११, बगरामा बस्दै आएकाे छु । खेतीपाती सिँचाई सुविधा भएको छ । बिजुली, पानी घरदैलोको पुगेको छ । यति बेला नाली, बाटो निर्माण भएपछि समय–समयमा घरदैलोमै गाडी समेत पुगेको छ । वडा कार्यालय घर नजिकै आएपछि अत्यन्तै सहज भएको छ ।”

यस्तै वडा नम्बर ११, टिक्करीकी हुमा आचार्यले वडाले प्रभावकारी सेवा प्रवाह गरेको प्रशंसा गरिन् । उत्साहजनक विकास भएको बताउँदै नाली बनेर सिँचाइको उचित व्यवस्थापन भएको उनको भनाइ छ । खोलामा पुल निर्माणपछि बजार विद्यालय आवतजावतमा सहज भएको समेत आचार्य बताउँछिन् । ढुंगेसेराका सुरज सिनारीले स्थानीय सरकार आएपछि नागरिकलाई सरकारको प्रत्यक्ष महसुस भएको बताए ।

विगतमा विद्यालय मठमन्दिर लगायतको संरचना निर्माण गर्न बाहिर बाटा जनशक्ति ल्याउनुपर्ने बाध्यता थियो, भने अहिले स्थानीय स्तरमै रोजगारी पाउने गरेको उनले बताए । उनले भने “आफूसँग भएको सीप सदुपयोग गरी आम्दानी र रोजगारीसँग जोडिन् पाउँदा युवा खुसी छौँ” स्थानीय सरकारले शिक्षा, खेलकुदलगायत हरेक क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्दा फड्को मारेको उनको भनाइ छ ।

यता वडा अध्यक्ष नवराज भुसालले जनतालाई स्थानीय सरकारको अनुभूति गराउन तीन स्थानबाट सेवा प्रवाह गरिरहेको बताए । बिहीबार र शुक्रबार खैरभठ्ठी, आइतबार र सोमबार कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९, ईमिलिया र मंगलबार, बुधबार टिक्करीबाट वडा कार्यालयको सेवा प्रवाह गर्दै आएको उनले बताए । सङ्घीय, प्रदेश सरकारसँग एकदमै कमजोर रहेको स्थान भए पनि विकास गर्न पहलमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पहल गर्न सदैव अग्रसर रहेको भुसालले बताए ।

उनका अनुसार वडाले अब कृषि सिँचाइ प्रविधि, प्राविधिक शिक्षा, र खेलकुद संरचनामा लगानी बढाउँदै छ । देशकै सबैभन्दा ठुलो शितगंगा नगपालिका जसमा पनि वडा नम्बर ११ ले ३ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । नगरको सबैभन्दा ठुलो वडा जसको क्षेत्रफल १४६ वर्ग मिटर रहेको छ ।

प्रकाशित मिति : ९ असार २०८२ सोमबार ००:००  ९ : ४० बजे