१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

कपिलवस्तुमा स्वयंसेवक संघले रोप्यो मोरिङ्गा



कपिलवस्तु ।

नेपाल स्वयंसेवक संघको आयोजनामा तथा मायादेवी साझेदारी बन उपभोक्ता समूहको सहकार्यमा श्री झन्डा माध्यमिक विद्यालय, कपिलवस्तुको परिसरमा मोरिङ्गा ९सहजनरसित्तलचिनी० का ६ सय बिरुवा लगाइएको छ।

विद्यालय परिसरको करिब १० कठ्ठा क्षेत्रफलमा वृक्षारोपण गरिएको हो। यस वृक्षारोपणले वातावरणीय संरक्षणसँगै विद्यालयको दीर्घकालीन अक्षय कोष निर्माण र आम्दानी वृद्धिमा सहयोग पुग्ने विद्यालयका प्रचार्य कृष्णा टण्डनले जानकारी दिइन्।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद विष्णु पन्थीले वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरे। उनले बिरुवा लगाउनु मात्रै नभई संरक्षण अझ महत्त्वपूर्ण हुने उल्लेख गर्दै यसको रेखदेखमा विद्यालयले अग्रसरता लिनुपर्नेमा जोड दिए।नेपाल स्वयंसेवक संघका केन्द्रीय अध्यक्ष खेमराज पौडेलले मोरिङ्गा र सित्तलचिनीको स्वास्थ्य र व्यवसायिक महत्त्वबारे जानकारी गराएका थिए।

कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, उद्योग वाणिज्य संघका डोलकराम घिमिरे, समाजसेवी उमानाथ पौडेल, नेकपा एमाले नगर अध्यक्ष तथा पूर्व वडाध्यक्ष सोमनाथ अर्याल, नागरिक समाजका अध्यक्ष अर्जुन पोख्रेल, उद्योग व्यापार संघ अध्यक्ष खिमानन्द पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशी सापकोटा, विभिन्न संघसंस्था प्रतिनिधि, अभिभावक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ६ श्रावण २०८२ मंगलबार ००:००  ८ : ३१ बजे