१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

धर्म परिवर्तन द्धन्द्धको बिजारोपण, सरकारले उचित कदम चालोसः पूर्व सांसद शाह



मायादेवी अनलाइन, तौलिहवा ।

पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता अभिसेक प्रताव शाहले नेपालमा बढ्दै गैरहेको जबरवजस्ती धर्म परिवर्तन भविष्यमा हुने द्धन्द्धको बिजारोपण भएको बताउनु भएको छ । अहिले विपन्न वर्गका महिलालाई विभिन्न प्रलोभनमा पारी धर्म परिवर्तन गराउने तत्व सलबलाउँदै गएको भन्दै यस्ता कृयाकलाप लाई नरोकेमा आगामी दिनमा समाजमा द्धन्द्ध निम्त्याउने बताउनुभयो ।

शुक्रबार तौलिहवामा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद शाहले भारतसंग सिमा जोडिएको कपिलवस्तुसंगै अन्य पहाडी जिल्लामा अहिले विशेषगरी हिन्दु किशोरीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउने गरेको बताउनुभयो ।

नेपाल भित्र जबरजस्ती धर्म परिवर्तन गराउने गिरोहलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न सरकारसंग माग गर्नुभयो । आफुले सधैव पिडितको पक्षमा वकालत गर्ने भन्दै धर्म परिवर्तनको विषयलाई गम्भिर रुपमा लिन आग्रह गर्नुभयो ।
शाहले भन्नुभयो, ‘ हाम्रा हिन्दु चेलीलाई गरिबी तथा सोझोपनको फाइदा उठाएर धर्म परिवर्तन गराइएको छ पछिल्लो समय पहाड देखि तराईसम्म धर्म परिवर्तन खुला रुपमा भएको छ तर यसमा कसैको पनि ध्यान जान सकेको छैन् मेरो सरकारसंग आग्रह छ संबिद्यान तथा कानुनलाई टेकेर त्यस्ता आपराधिक कृयाकलापमा संलग्नलाई निरन्त्रणमा लिई कारवाही गर्न जोडदार माग गर्दछु । ’
शाहले सिमा विवादको विषमा भारत तथा नेपाल सरकारको जोइन टिम बनेको भन्दै धर्म परिवर्तनको विषयमा पनि जोइन्ट इनभेष्टिगेसन टिम बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
यस्तो छ शाहको विज्ञप्ती

प्रकाशित मिति : १७ श्रावण २०८२ शनिबार ००:००  ९ : १५ बजे