काठमाण्डौ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्डमा अवरुद्ध सडक खुलेको छ । सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग बिहानदेखि अवरुद्ध थियो ।
सडक केहीबेर अघि खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको र फसेको ६ चक्के ट्रक निकालिएको प्रहरीको भनाइ छ । सिन्धुलीमा गएराति पानी परेको थियो ।







प्रतिक्रिया