मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका ८ मधुवन निवासी ७४ वर्षिय लाल बहादुर खत्री आफनै घर नजिकै खेतमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । आइतबार बिहान करिव साढे सात बजे खत्री आफ्नै घर देखी २०० मिटर दक्षिण खेत नजिक मृत अबस्थामा देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय पिपरालाई खबर गरेको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी निरिक्षक लोकेन्द्र जिसीको कमाण्डमा ७ जनाको टोली घटना स्थल पुगेको थियो । प्रहरी निरिक्षक जिसीका अनुसार मृतक खत्री साउन १७ गते शनिबार दिउँसो ३ बजे देखी घरमा नआएको बुझिएको छ । खत्रीले मापसे सेवन गरिरहने पारिवारिक स्रोतले जनाएको छ । खत्रीको घरमा श्रीमती, २ छोरा रहेको र १ छोरा बिदेशमा रहेका छन् । उनको शव पोष्टमार्टमका लागि पिपरा अस्पताल पिपरा पठाइएको प्रहरी निरिक्षक जिसीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया