२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

ज्ञानेन्द्र शाह असली राजा होइनन्‚ कुशका राजा हुन्: ओली



काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन्।

आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ज्ञानेन्द्र शाहलाई कुशको राजाको संज्ञा दिँदै दरबार हत्याकाण्ड भएपछि कुशको राजाका रूपमा ल्याइएको बताए।

वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ। २००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभुवन भागेर भारत गएको भन्दै त्यही वेला अग्रजले राजा बाहेक अरूमा सम्झौता गर्छौं भनेको भए ठिक हुने टिप्पणी गरे। त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधीनमा रहनुपरेको बताए।

उनले भने, ‘दरबार हत्याकाण्डपछि कुशको राजा स्थापना गरेको भन्छु मैले। त्यो असली राजै होइन। राजा मारियो, रानी मारिए, युवराज मारिए। दरबार हत्याकाण्डको बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ।’

प्रकाशित मिति : १८ श्रावण २०८२ आइतबार ००:००  ४ : ५१ बजे