काठमाडौँ ।
साउनको सोमबार। पशुपतिनाथलगायत देशभरका शिवालयमा श्रद्धालुको घुइँचो छ।
साउनको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ। साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ।
यस्तै आज बिहानै देखि कपिलवस्तुका विभिन्न शिवालयमा पनि भक्तजनको घुइचो लागेको छ । विशेषगरी तौलिहवाको तौलेश्वरनाथ मन्दिर, लक्ष्मणघाट, बैरियासंगै विभिन्न शिवालयमा भक्तजनको घुइचो लागेको हो ।







प्रतिक्रिया