१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

महाकालीमा पानीको बहाव बढ्यो



कञ्चनपुर ।

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी आवजवाजतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ । प्रहरीका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि गाडी चलाउन रोक लगाइएको हो । 

प्रकाशित मिति : १९ श्रावण २०८२ सोमबार ००:००  ११ : २८ बजे