कपिलवस्तु ।
साम्प्रदायिक सद्भावको नमुना प्रस्तुत गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माहोम्मद जाहिद खाँले बोलबम जल यात्रीलाई प्रसाद वितरण गरेका छन् ।
मुस्लिम भएर पनि उनले हिन्दुहरूको आराध्य देवता शिवको पुजाआजाकालागि आएका बोलबम जलयात्रामा सरिक भएका धर्मावलम्बीहरूलाई प्रसाद बाडेका हुन ।
तिथि अनुसार साउनको अन्तिम सोमवारलाई मध्यनजर गरी उनले तौलिहवा स्थित तालेश्वरनाथ महादेव मन्दिरमा जलार्पणका लागि आएका जल यात्रीलाई प्रसाद बाडेका थिए । हिन्दु समुदायकाले साउन महिनालाई पवित्र महिनाको रुपमा मान्ने गरेका छन् । यो महिनाको सोमवारका दिन भक्तजनहरूले रामघाटमा स्थान गरी जल लिएर मन्दिरमा अर्पण गर्ने गर्छन् । उनले प्रसादका रुपमा खिर र पुरी वितरण गरेका थिए । गत बर्ष पनि साउन महिनामा उनले प्रसाद बाडको थिए । यस बर्ष पनि त्यसलाई निरन्तरता दिएका हुन ।
साउन महिना हिन्दु धर्मावलम्बीका लागि पवित्र महिना रहेको र यही अवसरमा जलार्पणमा सरिक भएका भक्तजनहरूलाई प्रसाद बाडन पाउँदा आफूलाई निकै खुसी लागेको बताए । यो पवित्र कार्यमा आफूलाई वडाका कर्मचारी, टोलवासीहरूले समेत साथ दिएको उनले बताए । तौलिहवा बजार धेरै पहिले देखि नै हिन्दु मुस्लिम समुदाय मिलेर बसेकोले एकले अर्काको धर्म संस्कारको सम्मान गर्नु पर्ने उनले बताए ।
‘बुद्धनगरीलाई सबै मिलेर साम्प्रदायिक सद्भाव कायम गर्नु पर्छ ’ उनले भने । मुस्लिम समुदायका वडाध्यक्ष भए पनि हिन्दुको धार्मिक कार्यक्रममा प्रसाद वितरण गरे पछि वडाध्यक्ष खाँको उक्त कार्यलाई नगरबासीले प्रशंसा गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राम कुमार गुप्ताले मुस्लिम भए पनि हिन्दुहरूको धार्मिक कार्यक्रममा प्रसाद वितरण गरेर वडाध्यक्षले राम्रो काम गरेको बताए । ‘वडाध्यक्ष खाँको यो कार्यले धार्मिक सद्भावको ठुलो सन्देश दिएको छ ’ उनले भने ।







प्रतिक्रिया