३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

उत्तराखण्डमा धादिङका चारजना सम्पर्कविहीन



काठमाडौँ । 

भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन्।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका-२ काफलपानीका लालबहादुर तामाङ, छोलामा तामाङ,  फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन्। 

उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए। उहाँका अनुसार खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई आग्रह गरिएको छ। 

साउन २० गते धराली बजारमा आएको बाढीले ठूलो जनधनको क्षति पुगेको छ। त्यहाँ खोज तथा उद्धार कार्य जारी छ। उनीहरू पनि त्यहीँ फसेको हुनसक्ने आशंका गरिएको छ। उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिमार्फत् जानकारी आएको  छ। धादिङका समेत चारजना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२ शुक्रबार ००:००  १२ : ३४ बजे