१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

जनकपुरमा रेल र कार ठोक्किए



धनुषा ।

जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरी थापा चोक नजिक आज बिहान रेल र कार ठोक्किएको छ । बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामका लागि छुटेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।

दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो । कारमा तीन जना थिए । उनीहरुलाई सामान्य चोट लागेको छ । ठोक्किएको कारमा क्षति भएको छ । दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८२ आइतबार ००:००  १ : २३ बजे