बाबुराम रायमाझी, जितपुर ।
वाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वाणगंगा–९ अन्तर्गत रहेका चार वटा सामुदायिक विद्यालय, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवालाहरुलाई लक्षित गरी जंक फुड ९पत्रु खाना० नियन्त्रणसम्बन्धी १ दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वाणगंगा–९ जिनुवास्थित शुद्धोदन माध्यमिक विद्यालयको सभाकक्षमा गरिएको हो।
कार्यक्रममा वाणगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले रक्तअल्पता ९एनेमिया० र विभिन्न प्रकारका नसर्ने रोगबाट बच्नका लागि जंक फुडको प्रयोग नगर्न आग्रह गरे। उनले विद्यालय परिसरमा यस किसिमका खानेकुरा प्रवेश निषेध गर्नुपर्नेमा जोड दिंदै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न अभिभावक, शिक्षक र विद्यार्थी सबैको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष कमल पौडेलले बालबालिकाको खानपानमा सावधानी अपनाउन अभिभावकलाई सुझाव दिए। उनले “खाजामा जंक फुडको प्राथमिकता नदिई घरमै स्वास्थ्यप्रद खाजा खुवाउने” बानी बसाल्नुपर्नेमा जोड दिएका थिए।
सो कार्यक्रममा भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझी, श्रीराम आधारभूत विद्यालयका प्रधानाध्यापक ओमलाल गिरी, शुद्धोदन माध्यमिक विद्यालयका प्रधानाध्यापक कौलेश्वर प्रसाद मिश्र, बाल कल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक गोमा गिरीलगायत शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता रहेको थियो।
आयोजकका अनुसार, यस प्रकारका अभिमुखिकरण कार्यक्रमलाई अन्य विद्यालय र समुदायमा पनि विस्तार गर्ने योजना रहेको छ, जसबाट बालबालिकालाई स्वस्थ खानपानको बानी बसाल्ने र दीर्घकालीन रूपमा स्वास्थ्य जोखिम घटाउने उद्देश्य लिइएको छ।







प्रतिक्रिया