१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

नेकपा (एस) कपिलवस्तु बैठकः जिल्ला कमिटीलाई पूर्णतादेखि सचिवालय गठन



कपिलवस्तु ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको प्रथम पूर्ण बैठक जिल्ला पार्टी कार्यालय तौलिहवामा बसेको छ ।

बैठकले जिल्ला कमिटीलाई पूर्णतादेखि सचिवालय गठन गरेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष फैजल खानले जानकारी दिए ।

अध्यक्ष खानका अनुसार जिल्ला कमिटी ४१ सदस्यीय बनाइएको छ भने १३ जनाको सचिवालय गठन गरिएको छ ।

नयाँ गठन गरिएको सचिवालयमा ७ जना पदाधिकारीसहित दिपक पन्थी, डिल्लीराज अर्याल, फैजले मुसलमान, रामनरेश कहाँर, लोक बहादुर खड्का र कमाउद्दिन मुसलमान रहेका छन् ।

बैठकले कतिपय पालिकाको इन्चार्ज समेत तोकेको छ । जसमा बाणगंगा नगर इन्चार्जमा डिल्लीराज अर्याल, बुद्धभूमिमा लोक बहादुर खड्का, शिवराजमा साइजाद खान, मायादेवीमा रामनरेश कहार, शुद्धोधनमा फैजले मुसलमान, कपिलवस्तुमा नन्दकिशोर यादवले नगर इन्चार्जको जिम्मेवारी पाएका छन् ।

पार्टी जिल्ला अध्यक्ष फैजल खानको अध्यक्षता बसेको बैठकमा पार्टी जिल्ला इन्चार्ज अहमद अब्दुल रउफ, सह(इन्चार्ज गीता अन्जान, लुम्बिनी प्रदेश कमिटी सदस्यहरु शान्ता अर्याल, पुष्पा पौडेल, राधा श्रेष्ठ, एमडी हसन लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८२ बिहिबार ००:००  ७ : १९ बजे