४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

रोल्पामा जङ्गली च्याउ खाँदा दम्पतीको मृत्यु



रोल्पा ।
रोल्पामा विषालु जङ्गली च्याउ खाँदा एकै घरका दुई जनाको ज्यान गएको छ। परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ वर्षीया नर्मला ओलीको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

भागिरामले मङ्गलबार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए। सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि दाङको घोराहीस्थित गोरखा अस्पतालमा लगिएको र त्यहाँ उपचार नभएपछि दाङकै राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिनुभयो।

अहिले दुवैको शवलाई पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ भदौ २०८२ सोमबार ००:००  ७ : ०३ बजे