५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

दाङमा बस दुर्घटना हुँदा सातजना घाइते



काठमाडौं ।
दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।

तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भई बाटोको उत्तरतर्फ पल्टिएको हो। बसमा चालकसहित आठ जना सवार रहेको प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।

घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक नारायण कुँवर फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

बस पल्टिँदा पोल ढलेपछि अवरुद्ध भएको सडक तत्काल लाइन काटेर मर्मतपछि सडक सञ्चालनमा आएको छ।

प्रकाशित मिति : ४ भदौ २०८२ बुधबार ००:००  ७ : ४६ बजे