१७ मंसिर २०८२, बुधबार | Thu Dec 4 2025

कपिलवस्तु अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि



कपिलवस्तु ।

बिरामीको चाप र सेवालाई मध्यनगर गर्दै कपिलवस्तु अस्पतालमा सोमबार बिहान ८ बजेदेखि ओपीडी सेवा सुरु गएिको छ ।

दिउँसो एकै पटक बिरामीको जाँच गर्नु पर्दा अपांगता भएका, आशक्त, वृद्धवृद्धा अप्ठेरोमा पर्ने भएकाले अब बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गरिएको हो । यसअघि सो सेवा बिहान १० बजेदेखि सञ्चालन हुने गरेको थियो ।

अस्पताल प्रशासन शाखा प्रमुख अग्नीधर पोख्रेलले सूचना जारी गरी वृद्धवृद्धा, अशक्तको सेवालाई मध्यनगर गरी बिहान ८ बजेदेखि जनरल ओपीडी सेवा सञ्चालन गरिएको जनाएका छन ।

अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले अस्पतालमा बिरामीको चाप र सेवालाई मध्यनगर गर्दै बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गरिएको बताए । अस्पतालमा दैनिक करिब दुई सय बिरामी जाँच गराउन आउने गरेका छन ।

प्रकाशित मिति : १० भदौ २०८२ मंगलबार ००:००  ९ : २७ बजे