३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारुेका छन्।

काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताए। उनले महाधिवेशनमा जित्दा धेरै राम्रो भएपनि जित्ने आधार नरहेको तर्क गरे।

महाधिवेशनमा हारेपछि भीम रावलको तरिकाबाट असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम गर्न शुरु गर्ने बताए। पछि पार्टीले स्पष्टीकरण सोध्दा राष्ट्रपति भइसकेको सम्मानित व्यक्तिलाई स्पष्टीकरण सोध्नुपर्ने ठाउँमा पुग्नु नहुने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरे।

प्रकाशित मिति : १२ भदौ २०८२ बिहिबार ००:००  १२ : २९ बजे