कपिलवस्तु ।
पकडी– तौलिहवा सडक खन्ड अन्तरगत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिदा गंभीर घाईते भएका कृषकको मृत्यु भएको छ । पकडीबाट तीब्र गतिमा रहेको युपी १२ बी जे ९९९७ नम्बरको फर्रचुनर कारले भैसी चराउन गएका स्थानीय कृषक ५५ बर्षिय राम शरण अहिरलाई भदौ ८ गते आईतवार बिहान ५ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा गर्भवति भैसी मरेको थियो । गंभीर घाईते यादवलाई तत्कालै उपचारकालागि भैरहवा स्थित सिटि अस्पताल लगीएको थियो । टाउको लगायत शरीरका बिभिन्न भागका गंभीर चोट लागेका अहिरलाई थप उपचारकालागि भारतको लखनउ लादै गरेको अवस्थामा बाटो बुधवार राति साढे १० बजेतिर मृत्यु भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । सो गाडी तौलिहवाका ब्यापारी अमरदीप कसौधनले चलाएको भन्दै उनी बिरुद्ध मृतक परिवारको किटानी जाहेरी समेत परेको सिंहले बताए । दुर्घटना पछि प्रहरीले सो गाडी तौलिहवाको मालटोल स्थित उनकै जग्गामा पार्किङ गरेको अवस्थामा फेला पारेको थियो । गाडी अहिले प्रहरी नियन्त्रणमा छ । ब्यापारी कसौधन भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको सिंहले बताए । ब्यापारी श्रोत अन्ुसार सो घटनामा कसौधन समेत घाईते भएको र उनको अहिले भारतमा उपचार भैरहेको छ ।
१२ भदौ २०८२ बिहिबार ००:००
756
Shares







प्रतिक्रिया