मायादेवी अनलाइन, पचेहरा ।
कपिलवस्तुको चारनम्बर–तौलिहवा सडकखण्डको बीच भागमा बिष्फोटक पदार्थ पड्किएको छ ।
विहीबार साँझपख पचेहरा नजिकको सडकखण्डको बीच भागमा विष्फोटक पदार्थ पड्कदा सडकखण्डमा क्षति भएको छ ।
अस्थायी प्रहरी पोष्ट जहदीका अनुसार विष्फोटक पदार्थले सडकखण्डमा ४ फिट गहिराई बनाएको छ भने १० फिट चौडाईको खाल्डो पारेको छ ।
सडकखण्डमा ठूलो आवाजमा विष्फोटक पदार्थ पड्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार उक्त विष्फोटक पदार्थले सडकखण्डमा क्षति गरेपनि अन्यत्र कुनै अप्रिय घटना घटेको छैन् ।

उक्त विष्फोटक पदार्थ सडक भित्रै दबिएर रहेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।







प्रतिक्रिया