३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

कपिलवस्तुका ८ पालिकाले आइतबार बिदा दिए



कपिलवस्तु ।

थारु र मधेसी समुदायले मनाउने बडकी आइतबारका दिन कपिलवस्तुका ८ पालिकाले बिदा दिएका छन्।

भदौ १५ गते आइतबारका दिन बडकी आइतबारको अवसरमा कपिलवस्तु, बाणगंगा, शिवराज र महाराजगंज नगरपालिका तथा मायादेवी, सुद्धोदन, यशोधरा र बिजयनगर गाउँपालिकाले बिदा दिएको हो।

पालिकाले सार्वजनिक सूचना जारी गर्दै बडकी आइतबारका दिन बिदा दिने जानकारी गराएको हो।

यसअघि लुम्बिनी प्रदेश सरकारले गएको आइतबार बडकी आइतबारको अवसरमा समेत प्रदेशभर बिदा दिएको थियो। पालिकाले अति आवश्यक बाहेक सेवाहरू बन्द रहने जनाएको छ।

प्रकाशित मिति : १४ भदौ २०८२ शनिबार ००:००  १२ : ४२ बजे