१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

जनजागरण सामुदायिक बनको अध्यक्षमा पौडेल पुनः निर्वाचित



बाबुराम रायमाझी, जितपुर ।

रुख रोपौं, बन जोगाऔं भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित जनजागरण सामुदायिक बन उपभोक्ता समूहले आफ्नो २४औं वार्षिक साधारणसभा तथा ७औं अधिवेशन सम्पन्न गरेको छ।

कार्यक्रममा समूहका सचिव जनक बहादुर खत्रीले वार्षिक प्रगतिविवरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिता रायमाझीले आर्थिक वर्ष २०८१र८२ को कुल ५४ लाख ८८ हजार रुपैयाँ बराबरको आय–व्यय सार्वजनिक गरेकी थिइन्। सो अवसरमा अध्यक्ष देबीराम पौडेलले सामुदायिक बनको भावी रणनीति, योजना र आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरे।
साधारणसभामा सामुदायिक बन अन्तर्गत रहेका उपभोक्ता सदस्यमध्ये ७७ देखि ८० वर्ष उमेर समूहका एकल तथा जेष्ठ नागरिक गरी १५ जनालाई दोसल्ला ओढाई र नगद १–१ हजार रुपैयाँ प्रदान गरेर सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा सब–डिभिजन वन कार्यालय गोरुसिङ्गेका प्रमुख मोतिराम पौडेलले सामुदायिक बनले कार्य गर्दा नीति, नियम र योजनाअनुसार पारदर्शी ढंगले अगाडि बढ्नुपर्ने बताए। उनले संरक्षण र संवर्द्धनसँगै उत्पादनमूलक कामलाई पनि जोड दिनुपर्नेमा जोड दिँदै जिल्लामै छिट्टै साधारणसभा सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

वानपा–९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक बनले विकास निर्माणको कार्यमा वडासँग समन्वय गर्दै समुदायमा सकारात्मक सन्देश दिएको उल्लेख गर्दै सफलताको शुभकामना दिएका थिए।
७औं अधिवेशनबाट पुनः देबीराम पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ। अन्य पदाधिकारीहरूमा
उपाध्यक्ष स् सुनिता सुनार,सचिव स् रिता रायमाझी,कोषाध्यक्षमा जनक बहादुर खत्री
सह–सचिव स् सरिता बेल्बासे ९पौडेल०
सदस्यहरू स् शुशिला भुसाल, लिल बहादुर बि।क।, हरि प्रसाद पोख्रेल, खुमानन्द पोख्रेल, सरिता खनाल र जितेन्द्र खत्री रहेको निर्वाचन मण्डलका संयोजक रोम बहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक बनका तर्फबाट कुन्तामणि भुसालले आफ्नो धारणा राख्दै साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए। साथै, छिमेकी सामुदायिक बनका अध्यक्ष, समाजसेवी, पत्रकार तथा बुद्धिजीवीको समेत उल्लेख्य सहभागिता रहेको थियो।

जनजागरण सामुदायिक बन ८० हेक्टर क्षेत्रफलमा फैलिएको छ। यस बनमा हाल १सय १८ जना उपभोक्ता सदस्यहरू आबद्ध रहेका छ्न ।
कार्यक्रममा सह–सचिव जितेन्द्र खत्रीले स्वागत मन्तव्य राखेका थिए भने सचिव जनक बहादुर खत्रीले सञ्चालन गरेका थिए। अन्त्यमा अध्यक्ष देबीराम पौडेलले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति : १४ भदौ २०८२ शनिबार ००:००  ७ : ०८ बजे