काठमाण्डौ ।
पूर्वी नवलपरासीको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ का ३५ वर्षीय माधव पङ्गेनी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिनुभयो । पङ्गेनीको उपचारका क्रममा भरतपुरमा ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकका चालक महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया