मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा खोलामा नदीजन्य पदार्थको चोरी नियन्त्रणमा नगर प्रहरी सक्रिय भएको छ ।
बाणगंगा नगरको नगर प्रहरीले खोला दोहन नियन्त्रणको लागि रातभर गस्ती गर्ने गरेका छन् ।

चालू आवको साउन र भदौ गरेर नदीजन्य पदार्थ चोरी गर्ने ९ ट्याक्टर नियन्त्रणमा लिइएको बाणगंगा नगरपालिकाका राजस्व शाखा प्रमुख मदन घिमिरेले जानकारी दिए ।
नदीजन्य पदार्थ चोरी गर्ने ट्याक्टरबाट प्रति ट्याक्टर रु ५० हजार जरिवाना लिने गरिएको उनले बताए ।
‘साउन यता नदीजन्य पदार्थ चोरी गरेको अवस्थाबाट ९ ट्याक्टर र एक जेसिवी नियन्त्रणमा लिइएको छ । जसमा ७ ट्याक्टरले जरिवाना तिरेका छन् भने दुई त्याक्टर र जिसिबीले तिर्न बाँकी छ,’ राजस्व शाखा प्रमुख घिमिरेले भने ।
हरेक बर्ष बर्खायाममा बाणगंगा खोलामा नदीजन्य पदार्थको चोरी हुने गरेको छ ।
बाणगंगा नगरपालिका पछिल्ला केही बर्ष यता चोरी नियन्त्रण गर्ने प्रयासमा छ । नगर प्रहरी खटाएरै खोला दोहन रोक्न खोजेको बाणगंगाले नजिकको खोला क्षेत्रमा हुने अवैध चोरी तस्करीबारे सूचना दिन नगरबासीले आग्रह पनि गरेको छ । नगर प्रहरीका प्रहरी हवल्दार बाबुराम मरासिनीको कमाण्मा नगर प्रहरीका प्रहरी हवल्दार बाबुराम मरासिनी को कमाण्मा खोलामा गस्ती लाई तिव्र पारिएको हो ।







प्रतिक्रिया